‘गणेशमानको आदर्श र सिद्धान्त भुल्नु हुँदैन’
तनहुँ | कात्तिक २४, २०७९
दमौलीः नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेकामा जोड दिइएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमानको १०८औँ जन्मजयन्तीका अवसरमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले स्व गणेशमानको योगदानलाई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले स्व सिंहको योगदानलाई कसैले पनि भुल्न नमिल्ने उल्लेख गर्दै स्व गणेशमानले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने पार्टीलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
समितिका कार्यबाहक सभापति रामचन्द्र बस्नेत, सचिव समुद्र गोदारलगायतले गणेशमान सिंहको योगदानको चर्चा गर्नुभएको थियो । सोही अवसरमा व्यास नगरपालिका–२ मा रहेको गणेशमानको अर्धकदको शालिकामा पुष्प अर्पण गरिएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

